ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा […]
नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् । उनले २०२७ लाई […]