अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फिर्ता, २ जना अफगान नागरिक पनि काठमाडौं ओर्लिए

तालिवानले एकपछि अर्को राज्य कब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । ‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतले लोकान्तरलाई दिएको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले...

सम्बन्धित सामग्री

तीन हजार बढी अफगानीको स्वदेश फिर्ती

एजेन्सी । इरानमा शरणार्थी जीवन बिताइरहेका तीन हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज तीन हजार पाँच सय ४१ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।