उदयपुरको ताप्लीमा गाँजा खेती मासेर सुन्तला खेती, वार्षिक दुई करोडको सुन्तला उत्पादन हुन थाल्यो

उदयपुर। लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका

सम्बन्धित सामग्री

गुल्मीमा २९ करोड बढीको सुन्तला उत्पादन

४ फागुन, गुल्मी । गुल्मीमा यो बर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान […]

गुल्मीमा सुन्तला उत्पादन १६ प्रतिशतले बढ्याे

गुल्मी – गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियाे । गुल्मीमा नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष नाै सय ९७ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएकाे ज्ञान केन्द्रले जनाएको छ । जसको उत्पादकत्व ११ दशमलव ८० मेट्रिक टन प्र...

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर – लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्। किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन्। यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली […]

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली […]

अर्घाखाँचीमा २७ करोडको सुन्तला उत्पादन

अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने भएको छ । भिरालो पाखोमा लटरम्मै फलेका सुन्तलाले आम्दानी बढेपछि यस क्षेत्रका किसानको जीवनस्तर पनि फेरिएको छ । त्यस्तै, किसानहरू परम्परागत खेती छोडेर सुन्तला खेतीमा लागेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, […] The post अर्घाखाँचीमा २७ करोडको सुन्तला उत्पादन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच करोडको सुन्तला उत्पादन

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक […]

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।सिम्ले गाउँमा मात्र व्यावसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाख देखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवतीप्रसाद पौडेल पनि यतिवेला सुन्तला टिप्न व्यस्त छन् । २० रोपनीमा सुन्तला

तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती

तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती गरिएकाे छ । जिल्लाका ६ वटै पालिकाका ग्रामिण क्षेत्रमा किसानहरुले सुन्तला खेती गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलना यो वर्ष १३ मेट्रिक टन उत्पादन वृद्धि हुने पनि […]

चितवनमा घट्यो सुन्तला उत्पादन

चितवन । चितवनमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर ७.६ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६.७ मा झरेको हो ।      आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १ हजार १०१ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रतिहेक्टर ८.८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव ०७५/७६ मा १ हजार १५० मेट्रिक टन उत्पादन भएको थियो । सो वर्ष सुन्तलाको उत्पादकत्व ९.२ प्रतिहेक्टर  थियो । सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा विगतका वर्षमा क्रमशः उत्पादन घट्दै गएको हो ।      सुन्तला बगैंचाको व्यवस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । सुन्तलाका बोट बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उनले जानकारी दिए । पुनले भने, ‘सुन्तलालाई मलजल, सिँचाइ, काटँछाटजस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।’ उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उनको भनाइ छ ।      सुन्तला खेती विस्तारका लागि स्थानीय तहले कुनै चासो नदिँदा क्षेत्रफल विस्तार हुन नसकेको पुनले बताए । बगैंचाको पुनःसंरचना गर्न सके सुन्तला खेतीको विकास र विस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताए ।      जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । इच्छाकामनाका वडा–३, ४ र ५ मा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । रासस

तनहुँमा बढ्यो सुन्तला उत्पादन

तनहुँ । तनहुँमा यो वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यो वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको भनाइअनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ’,  उनले भने, ‘जिल्लाका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।’      गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढलगायत ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौंडा, खैरेनीटार, भीमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । यस वर्ष जिल्लाबाट २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ । ठेकेदार सुन्तला खरिदका लागि सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा १ हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा–१३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायत ठाउँमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुँदै आएको छ ।       म्याग्दे गाउँपालिका–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारीलगायतले वार्षिक लाखौं मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । बन्दीपुर गाउँपालिकाले सुन्तला उत्पादन वृद्धिका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । यसले कृषकलाई उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिका–६ काफलस्वाँरामा व्यावसायिक रूपमा सुन्तला खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।      कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख ५० हजार अनुदान दिनेछ । २ लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्नेछ । २ सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तला खेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब २० लाखसम्म सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा घोषणा गरिएपछि यहाँ वार्षिक रूपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको छ । रासस