जसपा विवाद पनि नेकपा विवाद जस्तैः पछि हट्दै निर्वाचन आयोग

जनता समाजवादी पार्टी (जसपा)को विवादमा निर्वाचन आयोग पछि हट्ने देखिएको छ । तत्कालिन नेकपाको विवाद जस्तै ढंगबाट जसपाको विवाद पनि एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने तर विधि र प्रक्रियाबाट आयोगमा नआएपछि निर्वाचन आयोग तत्काल कुनै निर्णय गर्न नसक्ने अवस्थामा पुगेको हो ।