नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा भोलि, लगानीकर्ताको हात भने खाली हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मंगलवार (भोलि) ३७औं वार्षिक साधारण सभा बोलाएको छ । गत फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ । यस वर्ष भने कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भएको पहिलो वर्ष नै लगानीकर्ताको हात खाली बनेको छ ।   

सम्बन्धित सामग्री