कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता

१ असोज, धनगढी । कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।

सम्बन्धित सामग्री

माछा मार्ने क्रममा खोलामा डुबेर एक युवती बेपत्ता

कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नबिना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनु भएको हो ।