‘सेटिङ’ मा बजेट, खरिदमा ‘चलखेल’

चालु आर्थिक वर्षको बजेट निर्माणताका सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई सामाजिक विकास मन्त्रालयले कार्यक्रमका लागि करिब १५ करोडको सिलिङ दिएको थियो ।