आर्थिक वर्ष २०८०/८१ शुरु : केही करका दर आजदेखि कार्यान्वयनमा

काठमाण्डाै - आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिबाट  यी  विधेयक प्रमाणीकरणपछि आजदेखि  नयाँ  आर्थिक  वर्षको  बजेटबाट खर्च गर्न बाटो  खुलेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले गएको जेठ १५ गते बजेट प्रस्तुत ग...