ओली नआउँदा शपथमा ढिलाइ

सम्बन्धित सामग्री

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ

रामेछाप – प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु पाँच करोड र मन्थली नगरपालिकाको रु दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्। जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्‍याउने उद्देश्यले चिस्यान […]

रामेछापको मन्थलीमा निर्मित चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ

काठमाडौँ- प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ । बागमती प्रदेश सरकारको पाँच करोड रुपैयाँ र मन्थली नगरपालिकाको दुई करोड रुपैयाँ लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन् । जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पु¥याउने उद्देश्यले […]

दलका प्रतिनिधले साँचो बोकेर हिड्दा वीरगञ्जमा मतगणना ढिलाइ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा मतपेटिका राखेको कोठाको साँचा दलका प्रतिनिधिले बोकेर हिड्दा गणनामा ढिलाइ भएको छ। राति मतपेटिका राखेर निर्वाचन अधिकृतको कार्यालयसँगै दलहरुले पनि ताला लगाएका थिए। तर १ बज्न लाग्दासमेत चाँसो लिएका प्रतिनिधि नआउँदा गणनाको प्रक्रिया थाल्न नसकिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। उनले कुन दलका प्रतिनिनिधि नआएको हो त्यो बताउन चोहनन्।

वन नियमवाली आउन ढिलाइ

वन नियमवाली ल्याउन ढिलाइ भइरहेको छ । सारोकारवालाहरुले वन नियमवाली नआउँदा वन व्यवस्थापनको काम पनि ढिलाइ भइरहेको भन्दै विरोध गरिरहेका छन् ।सरोकारवालाहरुले वन पैदावारको सहज रुपमा आपूर्ति व्यवस्थापन गर्न, बजारमा देखिएको काठको माग पूरा गर्न, वन क्षेत्रबाट आर्थिक वृद्धि गर्न र वनबाट रोजगारी दिनका लागि वन नियमवाली छिटो स्वीकृत गर्न आवश्यक रहेको बताएका छन् ।वन […]

पोल र ट्रान्सफर्मर नआउँदा खानेपानी आयोजनामा ढिलाइ

धनकुटा । धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले विद्युत् प्रधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा समेत काम भएको छैन । धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैया बुझाएको थियो । यस्तै चौबिसे गाउँपालिका–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ प्राधिकरण धनकुटालाई बुझाएको थियो । गत जेठमा रकम बुझाए पनि अहिलेसम्म काम नभएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए । नेपाल विद्युत् प्राधिकरण धनकुटामा कुरा गर्दा जहिले पनि एक हप्ता भनेर टार्ने गरेको गुनासो उनले गरे । बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि ४ वर्षअघि दुवै खानेपानी आयोजनाको काम सुरु भएको थियो । हाल उक्त आयोजनाको काम प्रदेश सरकार अन्तर्गत खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ । खानेपानी डिभिजन कार्यालयबाट सबै काम सम्पन्न भएको र विद्युत् प्राधिकरणमा रकम बुझाएको ८ महिना हुदा समेत उपकरण नपाएपछि आयोजनामा ढिलाइ भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए । प्राधिकरणको मनोमानीले काकाकुल अवस्थामा रहेका स्थानीयलाई पीडा थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए । विद्युत् प्राधिकरणले काम अघि नबढाउँदा लिफ्टिङ खानेपानी योजनाको सम्पूर्ण कार्यमा अवरोध आई योजना सञ्चालन स्थगित भएको उनको भनाइ छ । काम यथाशीघ्र सुचारु गर्न भन्दै ज्ञापनपत्र बुझाएको भए पनि प्राधिकरणले बेवास्ता गरेको उनको गुनासो छ । यता, विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको बताए । पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभई कतै पनि नभएको उनको भनाइ छ । धनकुटामा खानेपानी, सडक, टेलिकमको धेरैओटा काम बाँकी रहेको उनले बताए । ‘५०–६० ओटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो,’ पोख्रेलले भने, ‘अब आउँदै छ, जुन बुधुक र बोधेको खानेपानीकै लागि पठाउने हो ।’ खानेपानीको समस्या छ भन्ने थाहा भए पनि सामान नै नभएर काम गर्न नसकिएको उनले बताए ।

महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना बिहीवार बिहानैबाट गर्ने भनिए पनि ढिलाइ भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको भए पनि महामन्त्री पदका सबै उम्मेदवारका प्रतिनिधि नआएका कारण ढिलाइ भएको जनाइएको छ । कांग्रेस महामन्त्रीमा २ जना निर्वाचित हुनेमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन् । महामन्त्री पदको मतगणना गर्नुअघि कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्य...

समयमै क्षतिको विवरण नआउँदा राहतमा ढिलाइ

मंसिर १, बैतडी । कात्तिक पहिलो साता परेको अविरल वर्षाले बैतडीमा ठूलो धनजनको क्षति भएको थियो । अहिलेसम्म वर्षातबाट गएको बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको छ ।  पहिरोले चार जनाको मृत्य भएको थियो भने करोडौको भौतिक संरचना, अन्नबाली लगायतका क्षेत्रमा क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा ६ स्थानीय तहले मात्र क्षतिको विवरण पठाएका छन् । अझै चार स्थानीयतहको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । विवरण नपठाउनेमा गाउँपालिकामा डिलाशैनी र पञ्चेश्वर छन् भने नगरपालिकामा मेलौली र पूर्चौडी रहेका छन् । वर्षातले बाटो अबरुद्ध भएकोले समयमा जनधनको क्षति भए पनि जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन । टोली आफै घटनास्थलसम्म नपुग्दा क्षतिको विवरण संकलनमा स्थानीय तह र प्रहरीको भर पर्नु परेको हो । संकलन नभएका स्थानीय तहको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘प्रहरीको मुचुल्का सहतिको विवरण माग गरेका छौँ’ उनले भने ।  महीना दिन हुन लाग्दा पनि कुनै राहत नपाएको पञ्चेश्वर २ का बाढि पीडित हरि चन्दले बताए । क्षतिको विवरण संकलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै  झोलुंगे पुल, विद्यालय, सिँचाइ आयोजना, सडक र स्थानियले उत्पादन गर्ने खेतमा क्षति पुगेको छ । यस्तै, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट संकलन गरेको तथ्यांक अनुसार १ हजार ३८० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ । विवरण संकलन भएका ६ ओटै स्थानीय तहमा वर्षातले १ हजार १४० हेक्टर क्षेत्रफलमा १ करोड २३ लाख मूल्य बराबरको अन्नबाली र तरकारीमा क्षति गरेको छ । सबैभन्दा बढि जिल्लाको सिगास गाउँपालिकामा क्षति भएको छ । सिगासमा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको छ भने अरु स्थानीय तहमा यो भन्दा कम रहेको विवरणमा उल्लेख गरिएको छ ।  जिल्लाको शिवनाथमा एकै परिवारका तीन र सूर्नया गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो । अहिले घरमा क्षति भएकाहरु आफन्तको घरमा बसेका छन भने आंशिक घर क्षति भएकाहरु त्यहि घरमा बसिरहेका छन् । आधाजतिले धान भित्र्याइ सकेकाले पनि बालीको कम क्षति भएको स्थानीयतहले बताएका छन् ।

शीर्ष नेताहरु नआउँदा जसपाको बैठकमा ढिलाइ

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु हुन ढिलाइ भएको छ । तुलसी लाल अमात्य स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो  । पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ ।आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजनलगायतको विषयमा छलफल हुने बताइएको छ  ।जसपाको आधिकारिकता पाएपछि सुरु भएको बैठकले संसदीय दलको विधान पारित गर्नुको सा

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ। कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। माघभित्रै भारतबाट इन्जिनियर आएर औषधी उत्पादन गर्ने मेसिन जडान गर्ने योजना भए पनि उनीहरु नआउँदा उत्पादनमा ढिलाइ भएको कम्पनीका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताए।कम्पनी…

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो ।