प्रतिबन्धमा थप कडाइ : उपत्यकामा निषेधाज्ञा १ साताका लागि थप

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइका साथ १ साताका लागि थप गरिएको छ । मंगलवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बैठकले अहिले चालेका कदमहरूले अपेक्षित नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै थप कडाइका साथ निषेधाज्ञालाई जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । पसलहरूबाट भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासनहरूले पसल खुल्ने अवधि घटाएका छन् । एक सातासम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न र निर्माण सामग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । काठमाडाैं जिल्लाका प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञा थपिएको अवधिमा खाद्यान्न र किराना पसलसमेत खोल्न पाइने छैन । ‘खाद्यान्नलगायतका सामान खरीदका लागि हामीले २ दिनको समय दिएका छौं,’ उनले भने । सरकारी गाडीलगायत अन्य अनुमति पाएका गाडीका लागि पनि समय छुट्ट्याइएको जानकारी उनले दिए । ‘अत्यावश्यक कार्यालयका गाडी चल्न दिएका थियौं तर दिउँसो पनि सडकमा जाम देखियो,’ उनले भने, ‘अब बिहान ९ : ३० देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र त्यस्ता गाडी चल्न दिने निर्णय गरेका छौं ।’ बैंक तथा वित्तीय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रूपमा खुल्न दिने निर्णय भएको छ । अब वाणिज्य बैंकका तीन र विकास बैंकका दुई शाखा मात्र खुल्न पाउनेछन् । वाणिज्य बैंकका हकमा प्रधान कार्यालय र तीनओटा शाखा कार्यालय तथा विकास बैंकको हकमा प्रधान कार्यालय र २ शाखा कार्यालय मात्रै खुल्न पाउनेछन् । आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र प्रयोग गरी कार्य सञ्चालन गर्न दिने निर्णयसमेत भएको छ । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको छ । बैंकका सवारीसाधन सञ्चालनको हकमा बढीमा दुईओटा सवारी पास जारी गरी त्यसको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने नियम बनाइएको छ । यस्तै, उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कार्यालयको सेवा बन्द हुने भएका छन् । बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयसमेत बन्द गर्ने निर्णय गरेको छ । साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन् । वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा पछिल्लोपटक २ साता थपेर जेठ १३ गते रातिसम्म पुर्‍याइएको थियो । नयाँ निर्णयअनुसार अब जेठ २० गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ । सरकारले निषेधाज्ञालाई पछिल्लो समय कडाइ गर्दै गए पनि काठमाडौं उपत्यकामा संक्रमण दरमा अपेक्षित रूपमा कमी आउन सकेको छैन । मंगलवार मात्रै काठमाडौं उपत्यकामा २ हजार ६१३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले बतायो । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८६३ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जना संक्रमित थपिएको देखिन्छ । मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ३३८, भक्तपुरमा ४ हजार ९५३ र ललितपुरमा ७ हजार १५२ जना सक्रिय संक्रमित छन् ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।  कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।  ‘आज बैठक बस्दैछ, निषेधाज्ञामा कडाइ गर्ने विषयमा सल्लाह हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिन्छ ।’ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ ।

रेमिट्यान्स भुक्तानीमा सहजीकरण गर्न अनुरोध

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतका लागि पास नपाएपछि रेमिट्यान्स भुक्तानीमा प्रभाव पर्ने भन्दै सहजीकरण गर्न रेमिट्यान्स कम्पनीहरूले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । कम्पनीहरूको छाता संगठन नेपाल रेमिटर्स संघले थोरैभन्दा थोरै कर्मचारीबाट काम गर्न पासको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको छ । निषेधाज्ञामा थप एक साता कडाइ गरिने भनिएपछि संघले उक्त आग्रहसहित निवेदन दिएको हो । केन्द्रीय बैंकले रेमिट्यान्स भुक्तानी रोक्न नहुने भएको भन्दै प्रतिकम्पनी एक–दुईओटा सवारीको अनुमति दिएर भए पनि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई मौखिक रूपमा अनुरोध गरेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बताएको छ । विभागका निर्देशक गुरुप्रसाद पौड्याल अनुसार निषेधाज्ञा थपिएपछि थप कडाइ हुने भएकाले विदेशबाट आएको विप्रेषण भुक्तानीका लागि रेमिट्यान्स कम्पनीलाई आवतजावतमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण उच्च रहेकाले अधिकतम सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन वैशाख १८ मा विप्रेषक कम्पनीहरूलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कम कर्मचारीबाट काम सम्पादन गर्न निर्देशन दिएको हो । नेपालमा हालसम्म ५१ ओटा विप्रेषण कम्पनीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् । यसैगरी १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २८ ओटा भुक्तानी सेवा प्रदायकले सञ्चालनको अनुमति पाएका छन् ।

उपत्यकामा निषेधाज्ञा मोडालिटी परिवर्तन : कुन-कुन नियम फेरिए ? [आदेशसहित]

संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि थप कडाइ गरिएको पनि उनले बताए ।

काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका ...

उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि

काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी : थप कडाइ हुने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको हो ।  कोरोनाको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिनाकाे १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लाग...

उपत्यकामा निषेधाज्ञा थपिँदै, थप कडाइ हुन सक्ने

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला अर्थात काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थपिने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा अवधि थपिने बताएका हुन् ।

उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय, थप कडाइ गरिने

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजे सम्म थप भएको छ । त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

काठमाडौंका एसएसपी भन्छन्–निषेधाज्ञामा थप कडाइ गर्छौं

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन भएको छ । निषेधाज्ञाको बीचमा पनि सडकमा सवारी र पैदल हिँड्नेहरू बाक्लै देखिएका छन् । निषेधाज्ञाको आदेश पालना गराउने मुख्य निकाय प्रहरी हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले रातोपाटीसँग कुरा गर्दै निषेधाज्ञालाई ‘थप कडा बनाउने’ बताएका छन् । विमानस्थल बन्द गर्ने निर्णय भएको अवस्थामा अब निषेधाज्ञाको आदेशलाई कसरी कार्यान्वयन गरिन्छ भनेर काठमाडौं प्रहरी प्रमुख सिंहसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी स्निषे

काठमाडौँ आवतजावतमा थप कडाइ, सवारी सहजीकरण नगरिने

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेको भोलिपल्ट काठमाडौँबाहिर आवत–जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको बताएको छ ।