पुल बगेपछि चीन-पाकिस्तान बाटो बन्द

इस्लामावाद : भीषण गर्मीपछि आएको बाढीले पाकिस्तान प्रशासित कश्मीरको हुन्जा उपत्यकामा पुल बगाएको छ। भीषण गर्मीका कारण पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा शिस्पर ग्लेशियर पग्लिएपछि अचानक ठूलो बाढी आएको थियो। यसले गर्दा शनिबार ऐतिहासिक हसनाबाद पुल नदीमा खसेको हो। यो पुल पीओकेको गिलगित-बाल्टिस्तान क्षेत्रमा काराकोरम राजमार्गमा बनाइएको थियो।उक्त पुल चीनले बेल्ट एन्ड रोड इनिशिएटिव (बीआरआई) अन्तर्गत बनाइदिएको थियो। पुल बगेपछि हजारौँ पर्यटक पुलका दुवैतिर अलपत्र भएका थिए।घटनाको भिडियो पनि सार्वजनिक