अर्थमन्त्री जनार्दन शर्माले पाँच दल मिलेर सत्ता गठबन्धन बनेको बताएपछि एमाले सांसदले गठबन्धनमा रहेका ५ दलको नाम सोधेका छन् ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गठबन्धनमा रहेका पाँच दलको नाम सोधेका हुन् ।
‘अर्थमन्त्रीज्यूले श्वेतपत्र पढ्ने क्रममा ५ दलीय गठबन्धन भन्नुभयो, त्यो गठबन्धनका पाँच दल कुन–कुन हुन् ?’ श्रेष्ठले प्रश्न गरे ।
जवाफका क्रममा मन्त्री शर्माले गठबन्धनमा पाँच दल नै सहभागी रहेको बताए ।
‘गठबन्धनमा राजनीतिक दल नै छन्, दुईतीनवटा कम्युनिस्ट पार्टी, जस...