सञ्चारकर्मी प्रभात रिमाल जन्मेलगत्तै उनका बुवालाई ज्योतिषीले भनेछन्, ‘बाजे यसलाई बेच्देऊ, तिमी नपाल।’ त्यसपछि उनी रत्नमान डंगोलको परिवारमा बेचिए, पाँच पैसामा। प्रभातको जन्म उनका बुवाको पहिलो सन्तान (छोरा) र तीन दिदीपछि भएको थियो। अघिल्लो छोरा बितेपछि प्रभातलाई केही अनिष्ट नहोस् भनेर ज्योतिषीले अर्को घरमा बेच्न सल्लाह दिएका थिए। ब्राह्मण परिवारमा जन्मिएका प्रभातमा त्यही उमेरदेखि नेवार […]