काठमाडौँ। नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज (शुक्रबार) समिति गठनको निर्णय गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। समितिको विज्ञ सदस्यमा क्याप्टेन कुलबहादुर लिम्बू चयन […]