काठमाडौँ । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ। अभियानका अध्यक्ष तथा संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले त्यसका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गरिदिन आग्रह गरेको छ। अभियानले स्थानीय निर्वाचनमा दलका चुनाव चिह्नको सट्टा उम्मेदवारलाई स्वतन्त्र चुनाव […]