धान गोड्नमा व्यस्त खोकना

ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ । हेरौँ तस्बिरहरू :

सम्बन्धित सामग्री

खोकनाको तोरी बारी : पहिले तोरी फुल्थ्यो, अहिले घर ठडिए

ललितपुर । केही वर्षअघिसम्म ललितपुरको खोकना तोरी फुल्ने सिजनमा पहेंलपुर देखिन्थ्यो । तोरी खेतीसँगै शुद्ध तोरीको तेलका लागि प्रसिद्ध खोकनामा अहिले भने तोरी फुल्ने बारीमा घर ठडिन थालेका छन् । अर्थात् अहिले खोकना आफ्नो पहिचान गुमाउने अवस्थामा छ । यही अवस्था रहे अबको केही वर्षमा खोकनाको तोरी बारी  फोटोमा मात्र सीमित नरहला भन्न सकिन्न ।  अहिले खोकनाको तोरी उत्पादन घटेको छ । अहिले यहाँका स्थानीयले आफ्नै परिवारका लागि दुई/चार महीना पुग्ने मात्र लगाउँछन् ।  अहिले खोकनामा स्थानीय उत्पादनको नभई सात समुद्रपारिबाट आयातित तोरी पेल्ने गरिएको छ । खोकना मात्र हैन नेपालमै पनि तोरीको उत्पादन घटेपछि विदेशबाट तोरी मगाउनुपर्ने बाध्यता रहेको तेल मिलका सञ्चालक कान्छा महर्जन बताउँछन् । खोकनाको पहिचान जोगाउनुपर्छ भन्नेहरू अहिले पनि तोरी भुटेर परम्परा धान्न प्रयत्न गर्दै छन् । पहिला तेल बेच्न विभिन्न ठाउँमा चहार्ने खोकनाका किसानहरू हिजोआज तेल किन्न विभिन्न ठाउँमा धाउँछन् । केही वर्षअघिसम्म खोकनाबासीको तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो । अचेल भने तोरी लगाउनै छाडेको स्थानीय युवा सञ्जय महर्जन बताउँछन् । खोकनाबासीले धान भित्र्याउने बित्तिकै तोरी छर्ने गर्थे । पुस-माघमा खोकनाका फाटँहरू पहेंलपुर हुने गर्थे । हिजोआज तोरी लगाउने खेतमा घर, कारखाना, रेष्टुरेन्ट एवं कोलोनी बन्न थालेका छन् । बाँकी रहेको जमीन पनि कि त बाँझै छ कि अन्य खेती हुन थालेको छ । कतिपयले जमीन लिजमा दिइसकेका छन्। भूकम्पले घरहरू ध्वस्त भएपछि पुनर्निर्माणको लागि पैसा जोहो गर्न तोरीबारी तथा खेतहरू बेचिएका कारण पनि तोरी फुल्ने बारीमा घरहरू ठडिए। सिँचाइको समस्या र सधैं एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको महर्जन बताउँछन् । यही क्रम रहे केही वर्षमै तोरीबारीको स्थानमा टहरा र घरले भरिने पक्का छ ।

मनै लोभ्याउने खोकनाको धान खेती, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ सहर तनावमा छ । फेरि पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । फेरि निषेधाज्ञा हुने त होइन भनेर जागिरे/व्यापारीलाई चिन्ता छ । त्यही चिन्तित मन लिएर यतिबेला तपाईं डुल्दै खोकना पुग्नुभयो भने केही बेरकै लागि भए पनि तपाईं त्यो चिन्ताबाट मुक्त बन्नु हुनेछ । माथि डाँडाबाट खोकनाको धान खेती यति मनमोहक देखिन्छ, तपाईं खुसी हुनबाट आफ्नो मनलाई थाम्न नै सक्नुहुन्न ।त्यहाँ न निषेधाज्ञाको चिन्ता छ न कोरोनाको त्रास नै । किसानहरू आफ्नो नित्य कर्ममा रमाइरहेका छन् ।  हेर्नुहोस् केही तस्बिरहरुः

https://www.onlinekhabar.com/2020/07/882181

१ साउन, काठमाडौं । काठमाडौं तराई मधेस द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमती करिडोरलगायतका परियोजनाहरूले आफूहरूलाई उठिबास लगाएको भन्दै खोकना र बुङमतीवासी आन्दोलित छन् । २० असारमा धान रोपाइँका क्रममा स्थानीय र प्रहरीबीचको झडपमा दुवै पक्षका केही …