फेरि १२ वर्षमा ३० हजार मेवाका कुरा : आधारहीन योजना सफल होला त ?

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने भारतीय मन्त्रिमण्डलको अनुमोदनले बिजुली निर्यातको बाटो खुलाएको छ । यो अपत्यारिलो कुरालाई पत्याउन विवश हुनुपर्छ । नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरेर भारत निर्यात गर्न सक्छ भन्ने कुरामा भारत आफैलाई पनि विश्वास छैन होला । तर पनि भारतीय पहल नै यसका लागि रामबाण हुन सक्छ । नेपाल यस्तो देश हो जसले गरेर देखाएको इतिहास छैन । भनेर देखाउने देश भएकाले यो पनि भनेर मात्र देखाइएको हो वा देखाउने मात्र काम हो । विगतलाई कोट्याउँदा र वर्तमानलाई पछ्याउँदा यो कार्य कागजमा मात्र सीमित हुने कुरा नकार्न सकिँदैन । जलविद्युत् क्षेत्रको विकासमा लामो इतिहास बोकेको नेपालले ३ हजार मेगावाटको हाराहारीमा पनि बिजुली उत्पादन गर्न सकेको छैन । जलविद्युत् आयोजनाहरूको चर्चा चल्ने र बीचैमा गायब हुने रोग छँदै छ । नेपालीहरूको आधापेट खाएर भए पनि काम गर्ने बानी छैन । एक पुस्ताले गरेको त्यागले अर्को पुस्ताले हाँसेर खान पाउँछ । वर्तमान पुस्ता नै विदेशिन बाध्य भएको छ । तर, नेपालीहरूमा बरु नखाने तर काम नगर्ने आदत बसेका कारण युवायुवती काम गर्न विदेशिनु परेको हो । बाह्रसत्ताइस कुरा जोडेर हिँड्ने तर काम नगर्ने मानिसहरूको जत्था पनि नेपालमा ठूलै छ । यही समूहबाट नेताहरूको उदय हुन्छ ।  नेताका गफ र आश्वासन कति हुन् कति । तिनै गफ र आश्वासन बोकेर हिँड्ने कार्यकर्ता असंख्य छन् । कथा जोडिन्छ त्याग र बलिदानको । त्याग र बलिदान केका लागि हो यसको परिभाषा नै पाइँदैन । पाइन्छ केवल आफ्ना र आफन्तको उत्थानको परिभाषा । भनिन्छ, देश र जनाको भलाइमा समर्पित छौं । तर, हुन्छन् उल्टो आफ्ना र आफन्तमा समर्पित ।  यही र यस्तै समर्पण पूरा गर्न कुन आयोजना छनोट गर्दा बढी कमिशन, भ्रष्टाचार र अनियमितता गर्न सकिन्छ त्यही छनोट हुने गर्छ । ढिलासुस्ती त आफ्ना ठाउँमा छँदै छ । यसका अतिरिक्त आयोजनाको विभिन्न चरणमा हुने अनियमितताले सबै प्रकारका विकाससँग सम्बद्ध आयोजनाहरू उठ्न नसक्ने गरी थला परिरहेका हुन्छन् । कतिपय जलविद्युत् आयोजनाहरूको निर्माणका लागि मुआब्जा वितरण गरिसकिएको छ तर लगानीको ढाँचा यकीन गर्न नसक्दा ती आयोजना अलपत्र परिरहेका छन् । प्रस्तावित जलविद्युत्हरूको सफल कार्यान्वयन हुन नसक्नुमा भू–राजनीतिक, आर्थिक र सामाजिक अड्चनहरूको तगारो लागिरहेको हुन्छ । यही तगारोमा नेताहरू रमाइरहेका छन् । समाधानका उपायहरूको खोजी गरिँदैन ।  उदाहरण स्वरूप १२०० क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई लिन सकिन्छ । यसको निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्न ३४ दशमलव ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । सीमित स्रोतको सदुपयोग गर्न वा अर्को उत्कृष्ट विकल्पमा लगाउन सकिन्थ्यो तर त्यो रकम मुआब्जामा फसिरहेको छ । एकछिनका लागि अनुमान गरौं, यदि यो रकम अर्को उत्कृष्ट विकल्पमा लगाएको भए १०० मेगावाट क्षमताको अरू कुनै एक जलविद्युत् आयोजनाको निर्माण भइसक्ने थियो । यसले राज्यलाई प्रतिफल दिइरहेको हुन्थ्यो ।  जलविद्युत्को विकास गर्न नेपालले विदेशी प्रत्यक्ष लगानी भित्त्याउन जरुरी छ । यसका लागि नीतिगत सुधारका साथै भ्रष्टाचार, कमिशनतन्त्र, अनियमितता र तस्करीतन्त्रलाई डाँडो कटाउन सक्नुपर्छ । तर, यसका लागि काम भएको छैन ।  तर, नेपालले यस्तै तत्काल प्रतिफल प्राप्त हुन नसक्ने धेरै पूर्वाधारका आयोजनामा लगानी गर्दै आएको छ । यसका उदाहरणहरू हुन्– काठमाडौं र दमकमा निर्माण भइरहेका भ्युटावरहरू, चोभारमा सुक्खा बन्दरगाह, भैरहवा र पोखरामा निर्माण भएका दुई ठूला धावनमार्ग । यी र यस्तै अनगिन्ती आयोजनामा रकम खर्च भइरहेको छ जसले तत्काल नेपाललाई प्रतिफल दिन सकेको छैन । बरु सार्वजनिक ऋणको भार थुप्रिएको छ । यसले नेपाललाई ऋणको पासोमा झुन्ड्याइरहेको छ । त्यसैले भन्न सकिन्छ, नेपाल विवेकशीलता हराएको देश हो । छिमेकी मुलुकहरू भारत र चीनमा सुशासनको अभ्यास भइरहेको छ । यी मुलुकमा विदेशी प्रत्यक्ष लगानी विगत ४/५ दशकदेखि अविरल भित्रिइरहेको छ । नेपालमा सुशासन, संवेदनशीलता, अठोट, इमानदारी, प्रतिबद्धता आदिको अभाव छ । जलविद्युत्को विकास गर्न नेपालले विदेशी प्रत्यक्ष लगानी भित्त्याउन जरुरी छ । यसका लागि नीतिगत सुधारका साथै भ्रष्टाचार, कमिशनतन्त्र, अनियमितता र तस्करीतन्त्रलाई डाँडो कटाउन सक्नुपर्छ । यस्तो विषय छिमेकी मुलुकहरूबाट सिक्न जरुरी छ ।  नेपालले आधारहीन वा पूरा हुन नसक्ने गरी योजनाहरू बनाउने गरेको छ । हुन त सम्भाव्यता, विगतको लक्ष्य र प्रगति अनि केही काल्पनिक मान्यताको आधारमा नै योजना तर्जुमा हुने गर्छन् । नेपालका सबैजसो आवधिक योजनाले वार्षिक ७–८ प्रतिशतका दरले आर्थिक वृृद्धिदर प्राप्त गर्ने लक्ष्य निर्धारण गरेको पाइन्छ । तर, केही अपवाद छोडेर लक्ष्यको आधा पनि प्रगति गर्न सकेको देखिँदैन । त्यस्तै हुन सक्छ, हालै प्रकाशित बिजुली उत्पादनको योजना, जसले सन् २०३५ सम्ममा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने सपना सार्वजनिक गरेको छ । सन् २०३५ सम्ममा नेपालले २९ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरिरहेको छ । सरकारको प्रक्षेपणअनुसार आउँदो १२ वर्षमा १३ हजार मेगावाट बिजुलीको माग घरायसी बजारमा नै हुनेछ । बाँकी सबै निर्यात हुने तथ्य देखाइएको छ । उत्पादित बिजुलीको बजार भारत र बंगलादेशमा हुन् भन्नेचाहिँ यथार्थ हो । १५ हजार मेगावाट बिजुली यस अवधिमा नेपालले निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । भारततर्फ १० हजार निर्यात चर्चा बारम्बार हुने गरेको छ । फेरि बंगलादेशतर्फ यसैको हाराहारीमा हुन सक्छ । यसैलाई आधार बनाएर निर्यातको कुरा गरेको हुन सक्छ । यो निर्यातको सम्भावना भविष्यको हो तर छोटो समयमा भने सम्भावना कम छ ।  यदि १५ हजार मेगावाट १२ वर्षमा निर्यात गर्ने नेपालले संकल्प गरेको हो भने भोको पेटमा पटुका कस्न जरुरी छ । सबभन्दा पहिला पूर्वाधार सुशासन, भ्रष्टाचारमुक्त समाज, तस्करीको जालोको चिरफार गर्न जरुरी छ । आज देशका केही नागरिक कुशासन र भ्रष्टाचारमा रमाइरहेका छन् । भ्रष्टाचार, अनियमितता र तस्करी खुलेआम गरिरहेका छन् । संस्थागत विकासका लागि राजनीतिक भागबन्डाले तगारो हालिरहेको छ । दण्डहीनताले समाज आक्रान्त बनिरहेको छ । यसकारण अन्तरराष्ट्रिय जगत्को सोचाइ नकारात्मक रहेको तथ्यलाई कसैले पनि नकार्न सक्दैन । मौलाउँदो अनियमितता र दण्डहीनताको अवस्थामा कुनै पनि दातृ संस्था वा समुदायले नेपालमा लगानी गर्न रुचाउँदैन ।  निर्धारित समयमा निर्धारित जलविद्युत्को उत्पादनका लागि नेपालले आफूलाई सच्याउन आवश्यक छ । वैदेशिक प्रत्यक्ष लगानीविना नेपालले जलविद्युत्को विकास गर्न सक्दैन । भ्रष्टाचार, कमिशनतन्त्र, अनियमितता र तस्करीका कारण अन्तराष्ट्रिय जगत्मा आफ्नो प्रतिष्ठा गुमाइरहेको छ । नेपालले अन्तरराष्ट्रिय समुदायमा गुमिरहेको प्रतिष्ठा पुनप्र्राप्तिका लागि अथक प्रयत्न गर्न जरुरी छ । त्याग, तपस्या र प्रतिबद्धताका साथै सुशासनको प्रत्याभूति दिन जरुरी छ । कमिशनतन्त्रलाई निर्मूल गर्न सक्नुपर्छ । यसका अतिरिक्त खुला तथा प्रतिस्पर्धात्मक अर्थतन्त्रका लागि नीतिगत सुधारको आवश्यकता पर्छ । यसले जलविद्युत् विकासका लागि आवश्यक पर्ने वैदेशिक प्रत्यक्ष लगानी भित्त्याउन मदत गर्छ भन्ने आशा गर्न सकिन्छ ।  लेखक अर्थशास्त्री हुन् ।

सम्बन्धित सामग्री

ललितको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् । ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु […] The post ललितको शल्यक्रिया सफल first appeared on हाम्रो खेलकुद.

सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

सफल उद्यमी/व्यवसायी कसरी बन्ने ?

जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स...

नयाँदिल्लीमा आरजूको सफल शल्यक्रिया

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ। भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो। उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा. डा हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदीलाई धन्यवाद।’उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा

चैते धानखेती सफल

काठमाडौँ,८ असार । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको अन्तिम साता धुले ब्याड राखेर […]

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए । उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा […] The post गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन सफल हुन्छ : भण्डारी

२२ वैशाख, भरतपुर। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल नभएको भन्दै उनले अहिलेको गठबन्धन सफल हुने दाबी गरेका छन् । बिहीबार पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्तरुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो-जोले अलिहेसम्म नेपाली कांग्रेससँग गठबन्धन गर्नु भएको छ, त्यो सफल भएका छन् । […]

एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘संविधान, लोकतन्त्रको रक्षा गर्ने एमालेबाहेक अर्को पार्टी नभएको बताएका छन्। एमाले सफल भए मात्रै देश सफल हुन्छ। समाजका सबै वर्ग सबैको समग्र हित, प्रत्याभुति […]

सफल व्यक्ति बन्न अपनाउनुस् यी टिप्स

सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ । – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी ...