बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे कोरोना संक्रमित

काठमाडौं, १७ साउन । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कोरोना संक्रमित भएका छन् । तीन दिन अघि मुख्यमन्त्री पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । संक्रमित भएपछि पाण्डे अहिले आराम गरिरहेका छन् ।