महिला क्रिकेटलाई ललितपुरको सहयोग

काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्‍याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।

सम्बन्धित सामग्री

तीन वर्ष रोकिएको 'फन रन' आगामी चैतमा

काठमाडौं । झन्डै तीन वर्षपछि आगामी चैतमा 'फन रन' आयोजना हुने भएको छ । हाइयर ग्राउण्ड नेपालले सोमवार (आज) पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरेको हो ।  आयोजकका अनुसार उक्त कार्यक्रम आगामी चैत ३ गते ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा बिहान ७ बजे हुने भएको छ । कार्यक्रममा १५ सयभन्दा बढीको सहभागिता हुने आयोजकको अपेक्षा छ । कार्यक्रममा दौडसँगै जुम्बा डान्स पनि गरिने भएको छ । साथै सांगीतिक कन्सर्ट पनि आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।  कार्यक्रममा सहभागिताका लागि खल्ती एप वा फन रनको आधिकारिक वेबसाइट (funrunnepal.org/register) मार्फत सजिलै आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।   यो कार्यक्रम सन् २०१५ देखि वार्षिकरूपमा गरिन थालिए पनि झण्डै तीन वर्षयता रोकिएको थियो ।  अहिलेसम्म यस कार्यक्रममा ३ हजारभन्दा बढी महिलासहित कुल ५ हजारभन्दा बढी सहभागी भइसकेको आयोजकले जनाएको छ । यस वर्ष कार्यक्रममार्फत छात्रवृत्ति तथा महिला सशक्तीकरण कार्यक्रममा सहयोग गर्ने आयोजकको लक्ष्य छ ।

महिला स्वास्थ्यका लागि ललितपुर-कीर्तिपुर सम्पदा पैदल यात्रा (तस्बिरहरुसहित)

ललितपुर – महिलाको स्वास्थ्यका लागि शनिबार ललितपुरको पाटन दरबार क्षेत्रदेखि कीर्तिपुरको उमामहेश्वरसम्म सम्पदा पैदल यात्रा गरिएको छ। रोटरी क्लव अफ हिमालय पाटनले उक्त सम्पदा पैदल यात्राको आयोजना गरेको हो। आङ खस्ने समस्या भएका महिलाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सम्पदा पैदल यात्रा गरिएको क्लवका अध्यक्ष युवराज नकर्मीले जानकारी दिए। उनका अनुसार सम्पदा पैदल यात्राका सहभागीसँग प्रतिव्यक्ति […]

बाल बिबाहको कार्यक्रममा कण्डम भन्दा प्याडको मुल्य बढि भएको किशोरीको गुनासो

पथरी / लेटाङ नगरपालिपका र किण्डर मिसन वर्कको सहयोग तथा संस्थागत विकास संजाल ललितपुरको समन्वयमा १ दिने “बालबिबाह अन्त्यका लागि सरोकारवालहरुको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “बालबालिकाहरु बेहुला बेहुली होईन्न, हाम्रा भविष्य हुन, महिला हिंसा अन्त्यको लागि बाल विबाह उन्मोलन गरौ” भन्ने उदेश्यका साथ पहाडी ग्रामिण विकास संस्था (हडन)को आयोजनामा भएको उक्त... The post बाल बिबाहको कार्यक्रममा कण्डम भन्दा प्याडको मुल्य बढि भएको किशोरीको गुनासो appeared first on Purbeli News.

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताउनुभयो । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिनुभयो । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ । एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।(रासस)