जसपाको संकट : उपेन्द्र र बाबुरामबीच खटपट, अशोक मौन

नेपाली काँग्रेस नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउन जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय समिति बनाएको थियो । समितिमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई थिए । पार्टीबाट मन्त्री पठाउन तीनजनाको बीचमा पटक–पटक छलफल भयो । तर, अध्यक्ष यादवले चार मन्त्रीका नाममा एकलौटी निर्णय गरेको भन्दै उपेन्द्र यादवविरुद्ध सार्वजनिकरुपमै विरोधका स्वरहरु सुनिए ।  मन्त्री छनोटसम्बन्धी विवादपछि अहिले यादव र डा. भट्टराईबीच दुरी बढेको जसप