काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेनजी समूहलाई विरोध प्रदर्शनको अनुमति नदिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार विभिन्न जेनजी समूहले आन्दोलनका लागि छुट्टाछुट्टै पत्र बुझाए पनि कसैलाई अनुमति दिइने छैन । आइतबार आन्दोलन घोषणा गरेको जेनजी समूहले अनुमति नलिई सडकमा उत्रने चेतावनी दिएको थियो । ‘गरी खान देऊ’ अभियानका अगुवा […]