सहकारी नारामा रविको स्वार्थ : आफूसहितका ‘ठग’हरूलाई उन्मुक्ति दिएर पीडितलाई राज्यकोषबाट क्षतिपूर्ति !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सार्वजनिक गरेको वाचा पत्रमा सहकारी ठगीका दोषीलाई थुनाबाहिरै बसेर मुद्दा लड्न दिने व्यवस्था गर्ने उल्लेख गरेको छ । बिहीबार सुर्खेतबाट सभापति रवि लामिछानेसहितका नेताहरुले चुनावी वाचापत्र सार्वजनिक गरेका थिए । वाचा पत्रमा भनिएको छ, ‘हाम्रो उद्देश्य सहकारी सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले, […]