संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको सरकारले धमाधम अध्यादेश ल्याउन थालेको छ। बजेट अधिवेशन बोलाएको भोलिपल्टै अधिवेशनबाट पछि हटेको बालेन शाह नेतृव्वको सरकारले मंगलबार दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको छ […]