रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ। रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो […]