फेरि काट्न थालियो उद्योगमा लाइन, के हो उद्योगी र प्राधिकरणको विद्युत महसुल विवाद ?

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपयोग गरी बक्यौता नतिर्ने उद्योगहरूमाथि कारबाही थालेको छ। बक्यौता बुझाउने अन्तिम समय आइतबार राति १२ बजे सकिएपछि सोमबार लक्ष्मीपूजाका कारण बिजुली नकाटी मंगलबार बिहानै ६ उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज […]