एसिया कपमा छनोट भएको क्रिकेट टोलीलाई क्यानले ३० लाख पुरस्कार दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिने जानकारी दिए । अध्यक्ष […]