अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौँ। हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन्। गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। “सडक र पदमार्गमा हिउँ जमेर यातायात […]