विधानले बाँध्यो, तर सन्तुलन खोज्यौं: गगन थापा(भिडियोसहित)

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन देशभरका कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका छन्। टिकट वितरणका क्रममा कतिपय स्थानमा असन्तुष्टि र गुनासो देखिएको स्वीकार गर्दै सभापति थापाले लोकतान्त्रिक अभ्यासमा पार्टीको निर्णयलाई शिरोधार्य गर्नु सबैको दायित्व भएको बताए। उनले व्यक्तिगत असन्तुष्टि र मनमुटाव पन्छाएर पार्टीको जित सुनिश्चित गर्न आग्रह गरे। […]