किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो घरबाट आएका किताबलाई सुमसुम्याएँ, नयाँ किताब तरुणी हुन् , तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउति ओल्टाई पल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुँघ्नुपर्छ । तरपनि ममा सरसता आएन, नयाँ किताबहरूले पनि मेरो उत्कण्ठालाई कुत्कुत्याएन । किताबलाई बन्द गरेँ, […]