धुर्मुस–सुन्तलीको अमेरिकामा निर्मित हास्य शृंखला बाढीपीडितप्रति श्रद्धाञ्जलीसहित प्रसारणमा

न्युयोर्क — नेपाली हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ हास्य शृंखला नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीका पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रसारणमा ल्याएका छन्। धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको यो शृंखला धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत प्रसारण सुरु भएको छ। शृंखलाको शीर्षक कट्टेलको चर्चित हास्य संवादबाट लिइएको हो। शृंखलाको पहिलो भाग करिब दुई […]