उच्च र जिल्ला अदालतमा पनि माघ २ देखि गोला प्रथा लागू गर्ने फुलकोर्टको निर्णय

काठमाडौँ– सर्वोच्च अदालतमा हालै सुरु भएको गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया अब उच्च अदालत र जिल्ला अदालतमा पनि लागू हुने भएको छ । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको न्यायाधीशहरुको फुलकोर्ट बैठक बसेको थियो । […]