गृहमन्त्रीको गर्जन- भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि छोड्दिन

‘अलिकति नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन्- यो त भएन नि भनेर । उद्योगी-व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने ? भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही ?’