राजधानी काठमाडौं उपत्यकामा बढे शहरी पन्छी

राजधानी काठमाडौं उपत्यकामा शहरी चराको संख्या बढेको छ । नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा संख्या बढेको देखिएको हो । हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा ६ हजार ७०१ वटा रेकर्डमा आएको संघले जनाएको छ । गत वर्ष हिउँदमा ५ हजार ७५४ वटा थिए । तथ्यांकले ९४७ वटा चरा उपत्यकामा थपिएको देखाउँछ ।  संघको तथ्यांक अनुसार ग्रामीण क्षेत्रमा पनि चराहरूको संख्या बढेको छ । सन् २०२१ मा १ हजार ५२५ मात्रै देखिएको थियो । चराको संख्या यस वर्ष १ हजार ८१५ पुगेको छ तर उपनगरीय क्षेत्रमा चराको सख्या घटेको छ । गत वर्ष २ ह...