धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि दुई एआइजी अदालत जाने तयारीमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्।…

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । उनले प्रहरीमा दक्ष जनशक्ति […]

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक […]

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

काठमाडौं । दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका […] The post प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई दर्ज्यानी चिह्न

नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले मन्त्रिपरिषद बैठकले सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको इमेजखबरलाई जानकारी दिनुभयो । हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका […]

धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

काठमाडौँ– सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो। एआईजीहरु विश्वराज पोखरेल, सशकुल थापा र रवीन्द्र धानुक […]

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले रातोपाटीलाई बताए ।नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहर

धिरजप्रताप सिंह आईजीपी नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी […]