जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क