चीनको वैदेशिक व्यापार २२ % ले वृद्धि

मंसिर २२, पेचिङ । चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महीनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५ दशमलव ३९ ट्रिलियन युआन (५ दशमलव ५५ ट्रिलियन अमेरिकी डलर) पुगेको छ।      भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को लागि कुल ३२ दशमलव १६ ट्रिलियन युआनलाई पार गरिसकेको यो संख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो।      दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महीनामा दोहोरो अंकको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१ दशमलव ८ प्रतिशत र २२ दशमलव २ प्रतिशतले बढेको छ ।      नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २० दशमलव ५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११ दशमलव ४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। यसले कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्रमा निरन्तर पुनर्बहाली आइरहेको संकेत गरेको छ ।  कोरोना भाइरसको महामारीबाट विश्वको आर्थिक पुनर्बहालीलाई चीनले नेतृत्व गरिरहेको छ । तर त्यहाँको घरेलु उपभोक्ता र अन्य आर्थिक गतिविधि चाँहि सुस्ताएको छ ।  रासस/ सिन्ह्वा

सम्बन्धित सामग्री

वैदेशिक व्यापार उतारचढावका समस्या

दैनिक उपभोग्य र विलासीताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढदै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु र आयातीत सामान गुणस्तर नभए पनि अन्धाधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ । अघिल्ला वर्ष झंै […] The post वैदेशिक व्यापार उतारचढावका समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ […]

वीरगञ्ज भन्सारबाट आठ महीनामा सवा पाँच खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, चैत ६ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८ः७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७ः७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो । चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब […]

मुलुकको वैदेशिक व्यापार ६५ % ले वृद्धि

मंसिर १५, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महीनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको शुरुको चौमासिकमा रू. चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सो अवधिमा रू. सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आवको तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महीनामा रू. चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकोमा चालू आवको कात्तिक मसान्तसम्म रू. छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।  त्यस्तै, गत आवको पहिलो चौमासिकका तुलनामा चालू आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा रू. ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रू. ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ ।  विभागका अनुसार चालू आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर रू. पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महीनामा व्यापार घाटा रू. तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो । गत आवको पहिलो चौमासिकसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ३४ प्रतिशतले घटेर चालू आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव शून्य ८ रहेकोमा चालू आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ । चार महीनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जानकारी दिएको छ । चालू आवको पहिलो चार महीनामा रू. ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।  नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो चार महीनामा करीब १७ करोड लिटरभन्दा बढी भटमासको तेल रू. २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन रू. २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल रू. १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल रू. १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जानकारी दिएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।  विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रू. २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो चार महीनामा रू. १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । रू. तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंँचा तथा रू. दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ । विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रू. दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट रू. एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट रू. ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ । त्यस्तै नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट रू. ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट रू. २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट रू. ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ । रासस

तीन महिनामा वैदेशिक व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि

काठमाडौं, कात्तिक ९ । निरन्तर आयातको ग्राफ उकालो लाग्दा व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्षको ३ महिनामा गत वर्षको तुलनामा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब बराबर व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा ५ खर्ब ४३ अर्ब बराबरको […]

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु र आयातीत सामान गुणस्तर नभए पनि अन्धाधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ । अघिल्ला वर्ष झंै […] The post वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्तो छ वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वैदेशिक व्यापार, आप्रवाह र शोधनान्तर स्थितिबारे प्रस्ट पारेको छ । सार्वजनिक मौद्रिक नीतिमा ‘आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर रु.१४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर रु. १,५३९ अर्ब ८४ करोड’ पुगेको उल्लेख छ ।त्यसैगरी यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा रु. ३३ अर्ब ७६ करोड र शोधनान्तर

१० महीनामा वीरगञ्ज भन्सारबाट वैदेशिक व्यापार  ७३ अर्बभन्दा बढीले वृद्धि

जेठ १२, वीरगञ्ज । मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७७/ ७८ को १० महीनामा वैदेशिक व्यापार ७३ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । चालू आवको वैशाखसम्ममा यो भन्सार हुँदै ४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । यो परिमाण गत आवको तुलनामा करीब २० प्रतिशत बढी हो ।  गत आवको समीक्षा अवधिमा ३ खर्ब ८० अर्ब रुपैयाँको बस्तु आयातनिर्यात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । यो वर्षको १० महीनामा वैदेशिक व्यापारअघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको भन्सारले बताएको छ ।  चालू वर्षमा ४ खर्ब १५ अर्ब रुपैयाँको बस्तु आयात हुँदा निर्यात भने करीब ३८ अर्ब रुपैयाँको मात्रै भएको तथ्यांक भन्सारसँग छ । गत वर्षको १० महीने अवधिको तुलनामा चालू वर्ष आयात १८ प्रतिशतले बढ्दा निर्यात भने ४० प्रतिशतले बढेको देखिएको छ ।   गत वर्षको वैशाखसम्ममा ३ खर्ब ५३ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो । २७ अर्ब १५ करोड रुपैयाँबराबरको निर्यात व्यापार भएको भन्सारले बताएको छ । सबैभन्दा बढी व्यापार भारतसित भएको छ । दोस्रो ठूलो व्यापार साझेदार चीन रहेको भन्सारको तथ्यांकले देखाउँछ ।  चालू वर्षको साउनदेखि वैशाखसम्ममा भारतसित ३ खर्ब रुपैयाँको व्यापार भएको छ । यो आकार चीनसँग ३७ अर्ब रुपैयाँमात्र छ । वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य बस्तुमा सवारीका साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ छन् । ‘कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाएपछि यस्ता बस्तुको आयात खुम्चिएको छ,’ प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आर्थिक अभियानसित भने ।  वीरगञ्ज नाकाबाट निकासी हुने बस्तुमा भटमासको तेल, सूर्यमुखी तेल, जुसजाम, कपडा, धागो, गलैैचा, कार्पेट प्रमुख रहेको भन्सारको तथ्यांले देखाएको छ ।

नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब बढी

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ । राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ । यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।