ओलीको कटाक्ष : महाधिवेशनमा धेरै तामझाम देखियो भनेर विरोधी छाती पिटिरहेका छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विधान महाधिवेशनमा धेरै तामझाम गरेको देखेर विरोधीले छाती पिटिरहेको टिप्पणी गरेका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेको प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘हामीमाथि चौतर्फी हमला भएको छ। हाम्रो विचार र संगठनमाथि हमला भएको छ। नेकपा एमालेको महाधिवेशनमा झण्डा, ब्यानर देखियो रे। धेरै तामझाम देखियो रे भनेर विरोधीले छाती पिटिरहेका छन्।’ओलीले आफू व्यक्तिप्रेमी नभएकाले सामूहिकतामा निर्णयमा चल्ने बताए।&nbs

सम्बन्धित सामग्री

संघीयता र प्रदेश संरचना ‘मुरी रोपेर मानो उपलब्धि’ : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले प्रदेशको वर्तमान बोझिलो संरचना सहित संघीयताको खारेजी राष्ट्रिय जनमोर्चाको माग मात्र नभएर सम्पूर्ण नेपाली जनताको माग भएको बताउनुभएको छ । प्रदेश सभा स्थापनाको तीन वर्षको अवसरमा ‘संघीयता कार्यान्वयनमा प्रदेश सभा’ समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राजमो नेतृ जिसीले प्रदेशको आफ्नै आयको कुनै श्रोत नभएको अबस्थामा एकातर्फ केन्द्रको अनुदान र अर्को तर्फ जनताको ढाडै सेकिने गरी चर्को कर लगाएर बनाइने बजेटको प्रदेश सभाले विना कामै ठूलो हिस्सामा ‘गुलछर्रा’ उडाएको कटाक्ष गर्नुभयो । उहाँले प्रदेश सभा र सांसदहरु समाज चुस्ने जुका जस्तो भएको समेत सर्बत्र महसुस भएको बताउनुभयो । नेतृ जिसीले प्रदेश सभाले बनाउनु पर्ने ११६ कानुन मध्ये ६५ वटा पास गरे पनि ५९ वटा मात्र प्रमाणीकरण भएको बताउँदै अति आवश्यक र महत्वपूर्ण महिला, जनजाती, दलित जस्ता विधेयकले अझैसम्म पनि प्रवेश नपाउनु आश्चर्यजनक रहेको बताउनुभयो । प्रदेश भरका गुणस्तरहिन, लावारिस विकास योजनाहरुमा सरकार र विभागीय कर्मचारीहरुको मिलिमतोमा भ्रष्टाचार मौलाएको भन्दै प्रदेश बाट हुने अनुगमन नाम मात्रको र फितलो प्रवृतीको रहेको औल्याउदै प्रोत्साहनको लागी भनेर दिइने अनुदान वास्तविक अनुग्राही सम्म नै नपुगेको,सन्तुलित विकास नीति भनिए पनि कागजमा सिमित रहेको र प्रदेशको स्थाइ राजधानी र नामाकरणको प्रश्नमा पनि बिषयले प्रबेश पाउदैका दिन आफूले पार्टीको धारणा राख्दै बिशेष समितिको आवश्यकता नभएको, समय र रकमको दूरुपयोग मात्र हुने भनी दुइ तिहाइ बहुतको सरकारले सदन बाटै निर्णय गर्ने अधिकार भएको विषय उठाए पनि ध्यान नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आखिर उक्त बिषय सदन बाटै विवाद सहित टुङ्ग्याउनै पर्यो।’ समग्रमा प्रदेशको आजसम्मको समिक्षा ‘मूरी लगानी गरेर मानो उपलब्धि’ भएको उहाँले बताउनुभयो । संघीयता अन्तर्गतको तामझाम सहितको बर्तमान बोझिलो प्रदेश संरचना रहे देशको सार्वभौमिकता र अखण्डता समेतमा खतरा पुग्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘मुख्यतः आर्थिक रुपले देशले संघीयता धान्न सक्दैन । आम जनतामा पनि विनाकामको यो संरचना प्रति वितृष्णा पैदा हुँदै गएको छ र हामी घृणाका पात्र बनेका छौँ ।’ उहाँले समय छँदै सोचौं र जतीसक्दो छिटो संघीयता ...