चुनावको संघारमा निजी क्षेत्रलाई विद्युत् व्यापारमा भित्र्याइँदै

१२ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन अध्यादेश स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले विद्युत् ऐन २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९लाई स्वीकृत गरेको छ । यो अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिको कर्यालयमा दर्ता भइसकेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै नेपालको विद्युत् व्यापारमा निजी क्षेत्र पनि सहभागी हुने बाटो खुल्नेछ । […]