नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गरेको सर्वोच्च अदालतले कुनै आदेश जारी गरेन । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उक्त रिट निवेदनमाथि अब अर्को दिन सुनुवाइ हुनेछ ।सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नुपर्ने हो या होइन भन्ने सन्दर्भमा सोमबार बहस भए पनि इजलासले कुनै आदेश दिएन । एमाले अध्यक्ष ओलीले पार