सर्वोच्च अदालत तिहार र छठ पर्वमा बिहान ११ देखि दिउँसाे ३ बजेसम्म खुल्ने

काठमाण्डाै – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ने भएको छ ।  सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिवार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।  न्याय प्रशासन ऐन २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।&...