गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ । काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

सम्बन्धित सामग्री

अनुमतिबिना ड्रोन चलाए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले अनुमतिबिना मानवरहित हवाई उपकरण (रिमोट्ली पाइलटेड एअरक्राफ्ट-ड्रोन) उडाए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ । विभिन्न व्यक्ति/निकायले अनुमित नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएको भन्दै अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा […]

नेपालमा जुनसुकै बेला जहाँसुकै इन्टरनेट बन्द हुनसक्ने अवस्था

इन्टरनेट सेवा प्रदायक संघ आइस्पानले जुनसुकै बेला देशको कुनै पनि ठाउँको इन्टरनेट काटिन सक्ने चेतावनी दिएको छ । देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरुमा विद्युत प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुदाँ जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानले जनाएको हो।आइस्पानका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा सेन्टर (Data Center), POP मा प्रयोग भईरहेको विद्युत लाईन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको छ। साथै इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाईन काट्ने लगाएतका गतिविधिले इन्टरनेट प्वाइन्ट (Internet Point) बाट इन्टरनेट सेवा प्रवाह गर्न सकिरहेको छैनन्। यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकोले गर्दा अहिले धेरै इन्टरनेट प्वाइन्टहरु बन्द हुन पुगेको  इस्पानले जनाएको छ।आमउपभोक्ताको घर-घरमा, बैँक तथा वित्तिय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगाएतका संवेदनशील क्षेत्रहरुमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुन सक्ने स्थिति सृजित भएकोले क्षमा याचना सहित आइस्पानले अपिल जारी गरेको छ ।  Internet blackout हुन नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका अंगहरुलाई  आइस्पानले अपिल गरेको छ।यस्तो छ अपिल :इन्टरनेट राज्यको अति आवश्यक सेवा हुनका साथसाथै मानव अधिकारको रुपमा स्थापित भएको कुरा सर्वाविदितै छ। भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भए पश्चात नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरण पश्चात उच्च स्तरीय समिति गठन भई “विद्युतिय पोल प्रयोग तथा सो को भुक्तानी एंव उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन” दिएको थियो।उक्त प्रतिवेदनलाई स्वीकार गरी सहसचिव- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहसचिव- ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, निर्देशक- नेपाल विद्युत प्राधिकरण, निर्देशक- नेपाल दूरसञ्चार प्राधिकरण, प्रबन्धक- नेपाल दूरसञ्चार कम्पनी लि., उपसचिव- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतले हस्ताक्षर गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक निर्देश गरे तापनि नेपाल विद्युत प्राधिकरणले प्रतिवेदन कार्यान्वयन गरेको छैन।यता इन्टरनेट सेवा प्रदायकहरुले भने आफूले प्रयोग गरेका पोलहरु सोघोषणा गरी नेपाल विद्युत प्राधिकरणमा बुझाएका छन्। साथै प्रतिवेदन कार्यान्वयन गर्न जिम्मेवार नेपाल विद्युत प्राधिकरणको बोर्डले निर्णय नगरिसकेकोले बिभिन्न अन्योलता उत्पन्न भएको छ। अनि नयाँ भाडादर कायम गर्न पुर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको अवस्था छ। इन्टरनेट सेवा प्रदायकहरु “कायम गरिनु पर्ने भाडादरमा” भाडा बुझाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरी स्वंयम उपस्थित भई पत्र समेत बुझाएको अवस्था समेत रहेको छ।यस परिस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा सेन्टर (Data Center), POP मा प्रयोग भईरहेको विद्युत लाईन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको छ। साथै इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाईन काट्ने लगाएतका गतिविधिले इन्टरनेट प्वाइन्ट (Internet Point) बाट इन्टरनेट सेवा प्रवाह गर्न सकिरहेको छैनन्। यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकोले गर्दा अहिले हाम्रा धेरै इन्टरनेट प्वाइन्टहरु बन्द हुन पुगेका छन्।यस सम्बन्धमा हाम्रा अभिभावक नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरुले पत्र दर्ता गराएका छन्। यसकारण यो स्थितिमा हामीले इन्टरनेट सेवा प्रवाह गर्ने साधन र वातावरण नभएका कारण देशभरि इन्टरनेट सेवा अवरुद्घ हुन लागेको छ। त्यसैले ग्राहक महानुभाबहरुमा क्षमा याचना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कार्य गरी उच्च स्तरिय समितीले प्रतिवेदन कार्यान्वयन गर्न/गराउन हार्दिक अपिल गर्दछौँ।साथै यसै प्रेस विज्ञप्ति मार्फत हालै (मितिः २०७९/२/१७)मा नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त पत्रमा उल्लेखित राष्ट्रिय परीक्षा बोर्डद्वारा देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन मिलाउने निर्देश/अनुरोध उपर आवश्यक कार्य गर्न हामी इन्टरनेट सेवा प्रदायकहरु असमर्थ भएको जानकारी गराउदछौँ। एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न भनिरहेको छ भने अर्को तर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ। यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विषेश ध्यानाकर्षण गराउदछौँ।आमउपभोक्ताको घर-घरमा, बैँक तथा वित्तिय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगाएतका संवेदनशील क्षेत्रहरुमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुन सक्ने स्थिति सृजित भएकोले क्षमा याचना सहित यसै प्रेस विज्ञप्ति मार्फत जानकारी दिन चाहन्छौ। Internet blackout हुन नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालय लगाएत सम्बन्धित नेपाल सरकारका अंगहरुलाई पुनः हार्दिक अपिल गर्दछौँ।