फ्रान्समा शिक्षा क्षेत्रमा बजेट अभाव, बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार भएको प्रदर्शनमा देशभर चार लाख १० हजार मानिस सहभागी भएको सरकारले जनाएको छ।
काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती नदी सफाइ महाअभियान हिजो (शनिबार) पनि जारी रह्यो । गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी एवं किनारमा शनिबार ७०२औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए […]
काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्याली आयोजना गरेको हो । ‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्यालीमा […]