सल्यानमा मकै बालीमा गबारो किराको प्रकोप

सल्यान : किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिएको छ। गोड्ने बेलाका मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्।मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेले