पशुपति धर्मशालामा बतासको होटेल बन्द हुने

अल्पकालीन अन्तरिम आदेश खारेज  बतास अर्गनाइजेसनअन्तर्गतको होटेल आनन्दले पशुपतिस्थित नेपाल–भारत मैत्री धर्मशालामा होटेल चलाउन नपाउने भएको छ । पशुपति क्षेत्र विकास कोषले गरेको आनन्दसँगको लिज सम्झौता खारेजको निर्णयलाई जिल्ला अदालत काठमाडौंले सदर...

सम्बन्धित सामग्री

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटेल आनन्द प्रा।ली।सँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । सोमबार […]

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसन (होटेल आनन्द)सँगको सम्झौता रद्द गरेको छ । ३५ दिने स्पष्टीकरणसमेत पेस नगरेपछि कोषको बैठकले सम्झौता रद्द गरेर सार्वजनिक...

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी सम्झौता रद्दको पत्र लिएर बिहीबार अपराह्न ४ बजे धर्मशाला पुगे पनि बतासका कर्मचारीले पत्र बुझेनन्, आइतबार होटेल सिल गर्ने कोषको तयारी तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति...

पशुपति धर्मशाला प्रकरण : बतासलाई होटेल सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश

पशुपति क्षेत्रपरिसरमा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालाको होटेल सञ्चालनमा अवरोध सिर्जना नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । धर्मशालामा बतास अर्गनाइजेसनले पशुपति क्षेत्र विकास कोषसँग करार सम्झौता गरी होटेल आनन्द...

पशुपति धर्मशाला सञ्चालनमा बतासलाई कुनै अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश

पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बतासको पक्षमा अदालतको आदेश

पशुपति विकास कोषविरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइपछि न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोष विरुद्ध अदालत गएको थियो । अदालतको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नग

अदालतले उल्ट्यायो मन्त्री आलेको निर्णय, बतासलाई नै होटेल चलाउन दिन अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपति धर्मशाला बतास समुहलाई बिना कुनै अवरोध होटेल संचालन गर्न दिन अन्तरिम आदेश दिएको छ  । उच्च अदालतका न्यायधीश नारिश्वर भण्डारीको एकल इजलाशले अर्को आदेश नहुँदासम्मको बिना अवरोध होटेल आनन्द प्रालि संचालन गर्न दिन विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो  ।साथै अदालतले यस विषयमा के कसो भएको हो भन्ने विषयमा विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ  । आदेशमा भनिएको छ 'रिट निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा निवेदनको प्रकृति र विषय बस्तु समेतलाई मध्येनजर गर्दा,अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकासा दिन उपयुक्त देखिएकोले मिति २०७८।११।०९ का दिन अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनु भनी विपक्षीहरुलाई सूचना दिई सोही बमोजिम निवेदकलाई तारेख तोकी नियमानुसार पेश गर्नु । साथै अन्तरिम आदेशको टुंगो नलाग्दा सम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा.लि.को संचालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ । यसको सूचना समेत विपक्षीहरुलाई दिनू ।'संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेपछि बतास समुह अदालत गएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द गरेका थिए ।छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका उनले बताएका थिए । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता भंग गर्न सिफारिस

तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति धर्मशालालाई होटेल बनाउन बतास अर्गनाइजेसनसँग भएको सम्झौता नै भंग गर्न छानबिन समितिले सरकारलाई सिफारिस गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३...

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएक

पशुपति धर्मशाला बतास समूहलाई भाडामा दिएकोबारे छानबिन गर्न समिति गठन

धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो ।