दाङ - दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ ।
स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिक...