महिला चेम्वरद्वारा दशैं र तिहार व्यापार मेला- २०२१ प्रदर्शनी गरिंदै

असोज १२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवर्द्धनको लागि दशैं- तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ । असोज १३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटि सेन्टर कमलपोखरी, काठमाडौंमा आयोजना हुने उक्त मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् । नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको महिला चेम्बरले आयोजना गर्ने उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास  आयोजकले लिएको छ । नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुंदै आइरहेको  बताएको छ ।