सुक्नथाले अलैँची बगान

ताप्लेजुङ (फुङ्लिङ), ४ चैत । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै भेटिन्छन्  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन् । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा […]

सम्बन्धित सामग्री

सुक्न थाले अलैँची बगान

ताप्लेजुङ (फुङ्लिङ) – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ। लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै  भेटिन्छन्  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन्। सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन्। […]

सुक्नथाले अलैँची बगान

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त हुनुहुन्छ । […]

ताप्लेजुङका किसानलाई अलैँची टिप्ने चटारो, भाउ बढेपछि हर्षित

ताप्लेजुङ - ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ । किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किएका छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएकाे हाे । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ । पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटार...

सुक्न थाले अलैँची बगान

फुङ्लिङ – वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ। यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो। तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन्। अलैँचीका बोट ढलिरहेका छन्। अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन्। त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ। यो दृश्य हो ताप्लेजुङको फुङलिङ […]

अलैँची खेतीको संरक्षण नभए पूर्वी पहाड उजाडिने

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको अधिक माग र मूल्यसमेत उच्च रहेकाले उत्पादनमा कमी आए पनि किसानहरूले केही राहत भने पाएका छन् । ५ वर्षअघि २ सय रुपैयाँ प्रतिकिलो मूल्य रहेको अलैँची यो वर्ष ७ सय रुपैयाँ प्रतिकिलोभन्दा माथि पुग्यो । तर, सधैं यस्तो स्थिति नरहने भएकाले अब व्यवस्थित योजना बनाएर अलैँची खेतीको विकासमा ध्यान दिनु अवश्यक भएको धारणा राख्दै अलैँची खेतीका अनुसन्धानकर्ता भूषण शाह भन्छन्, ‘अब सरकारले किसानहरूमा पर्याप्त चेतना जगाउँदै माटो परीक्षण गरी अलैँचीको आधुनिक ढंगले खेती गर्न प्रोत्साहन गर्नुपर्छ । साथै पर्याप्त सिँचाइ र बगान व्यवस्थापन गर्नेलगायतका योजनामार्फत अभियान थालनी गर्नुपर्छ ।’ कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार अलैँचीबाट नेपालमा डेढ अर्बभन्दा बढी आम्दानी हुने गरेको छ । यो वर्ष अलैंचीको मूल्यमा ५८ प्रतिशतले वृद्धि भएकाले आन्दानी अझै बढी हुने पुगेको छ । अलैँची खेतीको विकासका लागि सबैभन्दा पहले त्यसमा लागेको रोग पहिचान गरेर उन्मूलन अभियान थाल्नुपर्ने इलाम जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भूपराज राई बताउँछन् । अलैँचीमा लाग्ने रोगले किसानहरू वर्षौंदेखि पीडित हुँदै आए पनि कृषिवज्ञहरूले अझै रोग पत्ता लगाउन नसक्नु विडम्बना भएको राई बताउँछन् । नेपाल व्यापार प्रवर्द्धन केन्द्रको पाँच वर्षअघिको तथ्यांकअनुसार नेपालमा उत्पादित अलैँची भारत, पाकिस्तान, युएई, सिंगापुर, बंगलादेश, अफगानिस्तान तथा अमेरिका निर्यात हुँदै आएको छ ।  वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउने चटारो

कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।  लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।  फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।  तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।  उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।  अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।  प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।  ‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।  केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।  वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि म

अलैँची मासिन थालेपछि इलामका किसान चिन्तित

भदौ १, इलाम । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले इलामका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ ।  डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।  दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रू. ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मंगलबारेस्थित देउमाई कृषि सहकारी संघका देउकुमार राना बताउँछन् । गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए  पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ । रासस

अलैँची खेतीको संरक्षण नभए पूर्वी पहाड उजाडिने

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको अधिक माग र मूल्यसमेत उच्च रहेकाले उत्पादनमा कमी आए पनि किसानहरुले केही राहत भने पाएका छन् । ५ वर्षअघि २ सय रुपैयाँ प्रतिकिलो मूल्य रहेको अलैँची यो वर्ष ७ सय रुपैयाँ प्रतिकिलोभन्दा माथि पुग्यो । तर, सधैं यस्तो स्थिति नरहने भएकाले अब व्यवस्थित योजना बनाएर अलैँची खेतीको विकासमा ध्यान दिनु अवश्यक भएको धारणा राख्दै अलैँची खेतीका अनुसन्धानकर्ता भूषण शाह भन्छन्, ‘अब सरकारले किसानहरूमा पर्याप्त चेतना जगाउँदै माटो परीक्षण गरी अलैँचीको आधुनिक ढंगले खेती गर्न प्रोत्साहन गर्नुपर्छ । साथै पर्याप्त सिँचाइ र बगान व्यवस्थापन गर्नेलगायतका योजनामार्फत अभियान थालनी गर्नुपर्छ ।’ कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार अलैँचीबाट नेपालमा डेढ अर्बभन्दा बढी आम्दानी हुने गरेको छ । यो वर्ष अलैंचीको मूल्यमा ५८ प्रतिशतले वृद्धि भएकाले आन्दानी अझै बढी हुने पुगेको छ । अलैँची खेतीको विकासका लागि सबैभन्दा पहले त्यसमा लागेको रोग पहिचान गरेर उन्मूलन अभियान थाल्नुपर्ने इलाम जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भूपराज राई बताउँछन् । अलैँचीमा लाग्ने रोगले किसानहरु वर्षौंदेखि पीडित हुँदै आए पनि कृषिवज्ञहरुले अझै रोग पत्ता लगाउन नसक्नु विडम्बना भएको राई बताउँछन् । नेपाल व्यापार प्रवद्र्धन केन्द्रको पाँच वर्षअघिको तथ्यांकअनुसार नेपालमा उत्पादित अलैँची भारत, पाकिस्तान, युएई, सिंगापुर, बंगलादेश, अफगानिस्तान तथा अमेरिका निर्यात हुँदै आएको छ । वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको कीराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ कीराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो कीराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने कीरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त कीराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म कीराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताउनुभयो ।