माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएका छन् । उनले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् । ‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’ मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले उहाँको पछि लागेका चुनावसम्म एमाल