मधेश प्रदेशसभा सदस्यको शपथ शुक्रबार

जनकपुरधाम : मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते शुक्रबार हुने तय भएको छ।सोमबार आह्वान गरिएको सर्वदलीय बैठकमा मधेश प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका सचिवालय सचिव रञ्जित यादवले बताए।सचिव यादवले सर्वदलीय बैठकमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते शुक्रबार दिउँसो २ बजे हुने बताए।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७