गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

 बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बोस्नेक गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ । बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अध

सम्बन्धित सामग्री

पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० जनाको मृत्यु, १५ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो ।

भारतकाे महाराष्ट्रमा बसमा आगाे लाग्दा ११ जनाकाे ज्यान गयाे, ३८ जना घाइते

भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् । महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ । बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ । यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच भारु क्षतिपूर्ति दिने घाेषणा गर्नुभएकाे नासिकका संरक्षक मन्त्री दादा भ...

भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् । यो […]

चलिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी बुल्गेरियामा मङ्गलवार बिहान एक बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा १२ बालबालिकासमेत रहेको बताइएको छ ।

बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा १२ जना बालबालिकासहित ४६ जनाको मृत्यु

एजेन्सी । बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा १२ जना बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बुल्गेरियाका अधिकारीहरुले यो सबैभन्दा ठुलो दुःखद घटना भएको बताएका छन् ।

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

७ मंसिर, काठमाडौं । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् । बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय […]

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

काठमाडौं : बुल्गेरियामा  गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको रोयटर्सले जनाएको छ। बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्

ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० यात्रुको मृत्यु

एजेन्सी। भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । भने २१ जना घाइते भएका छन।  बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।    मुख्यमन्त्री योगी ...

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ ।उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो ।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ। उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।